काठमाडौँ – नेपालमा थप ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २६१४३८ पुगेको छ।

पछिल्लो अपडेट अनुसार ५७११ जना सक्रिय संक्रमित पुगेका छन् ।

त्यस्तै आजै थप ७५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २५३८५७ पुगेको छ।

सम्बन्धित खबरहरु