काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सफल भएकोमा प्रधानमन्त्री शुशीला कार्कीको देशभर चर्चा भइरहेको छ। बिहिबार भएको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकारको नेतृत्व प्रभावकारी रहेको भन्दै राजनीतिक वृत्त, नागरिक समाज तथा सर्वसाधारणबाट प्रधानमन्त्री कार्कीको प्रशंसा भइरहेको छ।

निर्वाचन प्रक्रियालाई निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन सरकारले आवश्यक तयारी, सुरक्षा व्यवस्थापन तथा सम्बन्धित निकायबीच समन्वय प्रभावकारी रूपमा गरेको बताइएको छ। त्यसकै परिणामस्वरूप देशभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जनाइएको छ। राजनीतिक विश्लेषकहरूले पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतान्त्रिक प्रणालीका लागि सकारात्मक संकेत भएको बताएका छन्। उनीहरूका अनुसार यसले देशमा लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

निर्वाचन सम्पन्न भएपछि विभिन्न राजनीतिक दल, नागरिक अगुवा तथा सर्वसाधारणले पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा सरकार तथा सम्बन्धित निकायलाई धन्यवाद दिएका छन्।

सम्बन्धित खबरहरु