काठमाडौँ – नेपालमा थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २६५६९८ पुगेको छ।

पछिल्लो अपडेट अनुसार ४४०८ जना सक्रिय संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घन्टामा ५३००  जनाको पिसिआर परिक्षण गरिएको छ। काठमाडौं उपत्यकामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आजै थप ३९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २५९३५८ पुगेको छ।

सम्बन्धित खबरहरु