काठमाडौं – बिहीबार कोरोना भाइरसविरुद्ध खोप नेपाल ल्याइने भएको छ ।
गत शुक्रबार भारतको सेरम कम्पनीले बनाएको कोभिसिल्ड खोपले आपतकालीन अनुमति पाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक लाख डोज खोप भारतले अनुदानस्वरूप दिन लागेको हो ।
मन्त्रालय स्रोतले उक्त खोप आएपछि हामीलाई हस्तान्तरण भएको एक हप्तामा हामीले लगाइसक्छौं भन्ने जानकारी दिए । एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा अग्रसर रहेका स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारको भनाइ छ ।