सुर्खेत – कर्णाली प्रदेशमा पहिलो चरणमा ११ हजार ७ सय ८० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । आइतबारसम्म खोप कर्णालीमा आइपुग्ने र एक साताभित्र सम्बन्धितलाई दिइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संघीय सरकारले कर्णालीका लागि करिब ५४ हजार डोज खोप छुट्याएको जानकारी आए पनि पहिलो चरणमा ११ हजार ७ सय ८० डोजमात्र आउने प्रदेश स्वास्थ्य निर्देशक डा. रवीन खड्काले जानकारी दिए ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइनेछ । ‘योपल्ट जिल्ला अस्पतालमै खोप केन्द्र तोकेर खोप लगाउने योजनामा छौं,’ उनले भने ।