काठमाडौं । ज्यास्मिन ब्यूटिपार्लर एण्ड ट्रेनिङ इन्स्टिच्युटले आफ्ना १४ औं समुहका ४० प्रशिक्षार्थीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेको छ। काठमाडौंमा आयोजित उक्त कार्यक्रम काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा विशेष अतिथी सौन्दर्यविद् एवं सौन्दर्यकला व्यबसायी संघकी अध्यक्ष कमला श्रेष्ठ, अतिथिहरु घरेलु तथा साना उद्योगका महासचिव डोल्मा शेर्पा, सामुदायिक प्रहरी स्वयम्भूका अध्यक्ष राजु खरेल, बज्रकला कुञ्‍जका प्रशिक्षक तथा निर्देशक सुदन मुनिकार रहेका थिए ।

कार्यक्रममा उपप्रमुख खड्गीले महिलाहरू घरमा मात्र सीमित नरही अन्य आर्थिक, राजनितिक लगायतका क्षेत्रमा अघि बढ्नुपर्ने बताइन्। सौन्दर्यको क्षेत्रमै काम गरेर पनि महिलाहरू आर्थिक रूपमा सक्षम बन्नसक्ने दाबी गर्दै खड्गीले महिलाहरुलाई आत्मबल बढाउनका लागि पनि यि यस्ता महिलाका कार्यक्रमहरुमा आफू सहभागी हुने गरेको स्पष्ट पारिन्।

सौन्दर्यविद् एवं सौन्दर्यकला व्यबसायी संघकी अध्यक्ष कमला श्रेष्ठले उक्त क्षेत्रमा आफुले पनि निकै संघर्षका साथ अहिलेको अवस्थामा आएको अनुभव सुनाउदै सबैलाई धैर्यताका साथ यस पेशामा लाग्न आग्रह गरिन् ।

कार्यक्रममा ज्यास्मिन ब्यूटिपार्लर ट्रेनिङ सेन्टरकी संस्थापक एवं सौन्दर्यविद् सर्मिला मुनिकारले सम्पूर्ण प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुका साथै उत्कृष्ट दश तथा उत्कृष्ट तीनमा परेकालाई अवार्ड समेत प्रदान गरेकी थिईन्।

सम्बन्धित खबरहरु