नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका छन्।महासचिव विप्लवले शनिबार बिहान पुल्चोकस्थिति मन्त्रीनिवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेका हुन् ।
सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले बतायो।
सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका महासचिव विप्लव बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि शुक्रबार सार्वजनिक भएका हुन्। शुक्रबार विप्लवले प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभामा आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गरेका थिए।