काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा ५७२७ जना  कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २९५६ जना संक्रमित थपिएका छन्। काठमाडौँमा २४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैगरी देशभर पछिल्लो २४ घन्टामा १५ हजार ३ सय ९१ पीसीआर तथा ५२५ एन्टिजेन परीक्षण भएको छ।

गत २४ घण्टामा ९२८ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ।

सम्बन्धित खबरहरु