काठमाडौं – सोमबार नेपालमा ७,४४८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।
१७ हजार १७६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २,०२१ जना निको भएका छन् ।
सक्रिय संक्रमित संख्या ५४,०४१ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । कूल मृत्यु ३३६२ पुगेको छ ।
बैशाख १६ गते ३५ जनाको मृत्यु भएको थियो ।