काठमाडौं – देशभर आज ७ हजार ६६९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको हो ।
ठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८९३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७७९ जना, ललितपुरका ५१३ जना र भक्तपुरका ६०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।