काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ।  बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले एकताको लागि अन्य संयन्त्रबाट पहल भइरहेको बताए । अहिले वार्ता टोली क्रियाशील नरहेको उनले बताए ।

वार्ता टोलीमा रहेका कतिपय नेता कारवाहीमा परेकाले अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको ज्ञवालीले बताए ।

सम्बन्धित खबरहरु