काठमाडौं – पछिल्लो २४ घण्टामा ६,८९८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने कोरोनाभाइरसका ६,०८५ जना संक्रमित थपिएका छन् । २० हजार १६५ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमित संख्या १ लाख ४ हजार ७८९ छ । कूल संक्रमित संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । कूल मृतक संख्या ७४५४ पुगेको छ ।

केही दिन ओरालो लागेको संक्रमण पुनः उकालो लागेको छ ।

सम्बन्धित खबरहरु