काठमाडौं – नेकपा एमालेको ओली र नेपाल पक्षको आज छुट्टाछुट्टै बैठक बस्दै छ । ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ ।

एकताको प्रयास र विभाजनको तयारीका बीच एमालेका दुई पक्ष विहीबार आन्तरिक छलफल गर्दै छन् ।

ओली पक्षले नेपालसहितका केही नेता बाहेकलाई बाहिर राखेर एकताको प्रयास गरिरहेको छ ।

अध्यक्ष ओलीकै कारण अब एकता टर्दै गएको निष्कर्षमा नेपाल पुगेका छन्। यसबारे उनले थप कुरा केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्न लागेका छन्। आफू अप्ठ्यारोमा पर्दा मात्रै ओलीले वार्ताको कार्ड फ्याक्ने गरेको नेपाल पक्षको भनाइ छ।

दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्। साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन नचाहेको नेपालको बुझाइ छ ।

सम्बन्धित खबरहरु