जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा जाने टुंगो लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेताहरुबीच मन्त्रालयको भागबण्डा समेत मिलिसकेको स्रोतले जानकारी दिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित राजेन्द्र महतोले जसपाका तर्फबाट नेतृत्व गर्ने गरी तय भएको जसपा निकट स्रोतले जानकारी दिएको छ ।
महन्थ पक्षलाई ७ वटा मन्त्रालय दिन ओली तयार भएको स्रोतको दावी छ। उनीहरुको सपथ आजै ५ बजे राष्ट्रपति कार्यालयमा हुने बताइएको छ।
कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारेमा पनि जसपा नेताहरुबीच एक चरण टुंगो लागेको छ।
कसलाई कुन मन्त्रालय?
स्रोतका अनुसार ठाकुर पक्षका नेता राजेन्द्र महतोलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
त्यस्तै, शरद सिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अनिल झालाई शहरी विकास मन्त्रालय, बिमल श्रीवास्तवलाई खानेपानी मन्त्री, उमाशंकर अरगरिया युवा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने तय भएको स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार ती बाहेक पर्यटन, वन, श्रम मन्त्रालयका का विषयमा पनि छलफल चलिरहेको छ।