काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी महासचिव ईश्वर पोखरेललाई सरकारको जिम्मेवारीबाट हटाउने भएको छ । उनलाई पार्टीको जिम्मा दिन लागिएको एक नेताले जानकारी दिए ।

“उहाँलाई उपप्रधानमन्त्रीबाट हटाइएको छ । उहाँको काम अब पार्टी हाँक्ने हो,” स्रोतले भन्यो ।

त्यस्तै यसअघिका तीन जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका छन्। अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले रघुवीर महासेठलाई परराष्ट्र मन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन्।

त्यस्तै महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेको पद पनि खोसिएको छ।

सम्बन्धित खबरहरु