नेकपा एमाले नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ ।

विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो ।  केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

साथै पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने बैठकको निष्कर्ष छ ।

बैठकमा सहभागी बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेकाले सकभर निश्चित समयसीमा तोकेरै वार्ता गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित खबरहरु