काठमाडौं । संगीत क्षेत्रमा दाजुभाइ जोडीका रुपमा स्थापित नाम हो सत्यस्वरुप । करिब तीनवर्ष पछि सत्यस्वरुपले नयाँ म्युजिक भिडियो स्रोता तथा दर्शकमाझ ल्याएका छन्। गायक तथा संगीतकार सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा म्युजिक भिडियो ‘मैसाव’ सार्वजनिक भएको हो ।

अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना रहेको गीतमा राजखानदानमा प्रयोग हुने उच्च-आदरार्थी शब्दहरुले प्रयोग गरिएको छ । गीतमा सत्यस्वरुपले नै संयुक्त रुपमा संगीत भरेका छन् । उदयराज पौडेलको संगीत संयोजन रहेको उक्त गीतको भिडियोलाई कैलाश राईले निर्माण गरेका छन् भने दीपकराज सुनारको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, सत्यम रानाको भिएफएक्स तथा रेनिष फागोले कलर करेक्सन गरेका छन्।

कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोमा दरवारिया शैलीको झल्को दिन खोजेको छ । भिडियोमा राजकुमार दाजुभाइको दोहोरो भूमिकामा देखिएका नायक पल शाह र राजकुमारीको भूमिकामा देखिएकी छुकिला शेर्पाको आकर्षक नृत्य देख्न सकिन्छ ।

भिडियोमा होटल याक एण्ड यतीलाई दरवारको रुपमा प्रयोग गरिएको छ । भिडियोमा सत्यस्वरुपलाई पनि कवाली गाउँदै गरेको देखाइएको छ ।

सम्बन्धित खबरहरु