पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् ।
सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । भने थप ६ हजार ५७० जना निको भएका छन् । हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् ।
कोभिड–१९ को संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट ८ हजार ९८ जनको मृत्यु भइसकेको छ ।