विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। शुक्रबार दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी उनले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा सहभागी हुनको लागि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्री र राजनीतिक दलका नेतालाई समेत आमन्त्रण गरेका छन्।

समसामयिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागिएको सभामुखनिकट स्रोतले जनाएको छ।

सम्बन्धित खबरहरु