नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्। कोरोना भाइरसको संक्रमण तीव्र हुँदा महाधिवेशनको सम्पूर्ण कार्यातालिका प्रभावित भएपछि छलफलका लागि बैठक बोलाएको हो।

शनिबार दिउँसो २ बजे सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बस्ने बैठकमा संक्रमण कायमै रहे पार्टीको महाधिवेशन भदौमा कसरी गर्न सकिन्छ भन्ने विषयमा नेताहरूको राय लिनेछन्।

सम्बन्धित खबरहरु