काठमाडौं – नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्य आफ्नै बोलीका कारण अहिले आलोचनाको केन्द्रमा परेका छन्। बागमती प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशसभा सदस्य संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिएपछि आलोचनामा परेका हुन्।

वैद्य काठमाडाै क्षेत्र नं ४ प्रदेश १ मा नेपाली काँग्रेसबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन्।

बैधले प्रदेश सभाको बैठकको रोष्टममा ऊभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भन्दै दिएको अभिव्यक्ति निकै विवादित बनेको छ।

नेकपा एमाले बागमती प्रदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैधलाई पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् ।

सो प्रदेशका एमाले अध्यक्ष आनन्द पोखरेलले एक विज्ञप्तिमार्फत् बैधलाई तत्काल प्रदेश सभाबाट निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् ।

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सदनमा संयमता गुमाउन नहुने भन्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिइएकाे बताए ।

त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बाँनियाले पनि विज्ञप्ति निकालेर आफ्ना अभिव्यक्ति फिर्ता लिन वैद्यलाई निर्देशन दिएका छन् ।

सम्बन्धित खबरहरु