काठमाडौं – नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो दिएको अभिव्यक्तिको नेकपा एमालेले भर्त्सना गरेको छ ।

वैद्यको अभिव्यक्ति आपराधिक भन्दै पार्टीले यसमा फौजदारी कानूनसमेत आकर्षित हुने उल्लेख गरेको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भिररुपमा लिएको उल्लेख गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ ।’

सम्बन्धित खबरहरु