काठमाडौँ । चुलेसीमा, मेरी माया, गोरी यता सुनन लगायतका गीतहरुबाट सर्वाधिक चर्चा बटुलिसकेका गायक सञ्जीब सिंहले ‘तारेमाम’ बोलको गीत सार्वजनिक गरेका छन । गीतमा सञ्जीब सिंह स्वर,सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द रचना रहेको छ ।

स्टेरियो रेकर्डको प्रस्तुतिमा तयार भएको ‘तारेमाम’ बोलको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा रुपेश थापाको छायांकन तथा विकास धमलाको सम्पादन रहेको छ । भिडियोमा निर्देशक खड्काले काठमाण्डौको रहनसहन, भेषभुषा र संस्कृतिलाई प्रस्तुत गरेका छन् ।

सम्बन्धित खबरहरु