देशभर आज २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१२ हजार ४०६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जस अनुसार ७ हजार ५१२ पीसीआरबाट १ हजार ६९४ र ४ हजार ८८९ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, काठमाडौं उपत्यकामा काठमाडौं ४८३, ललितपुर ११२ र भक्तपुरमा ५४ गरी ६५३ जना संक्रमित फेला परेका छन्।
यस्तै २४ घण्टामा ३ हजार ९९३ जना संक्रमणमुक्त भएका छन्।

यसैगरी आज ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित खबरहरु