एमालेको माधव नेपाल समूहले बाढीपहिरो गएका जिल्लामा आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउने भएको छ ।
आज बसेको सो समूहको स्थायी कमिटीको भर्चुअल बैठकले वर्षायामको सुरुमा देशका विभिन्न जिल्लामा बाढी पहिरोले वितण्डा मच्चाएको भन्दै आगामी दिनमा थप क्षति हुनसक्ने भएकाले दीर्घकालिन व्यवस्थापन हुन जरुरी भएको निश्कर्ष समेत निकालेको छ ।
नेपाल पक्षले विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति गठन गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले गंगालाल तुलाधरणको संयोजकत्वमा उक्त समिति गठन गरेको हो।
समितिमा जनवर्गीय संगठनका अध्यक्ष, महासचिव र पार्टीका प्रदेश प्रतिनिधि रहने एक नेताले बताए।