संगीत अनुरागीहरुका लागि हरेक वर्ष मङ्सिर १९ गते को दिनले विशेष महत्व राख्छ । किनकी आजकै दिन स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्मृती दिवस । अहिले पनि हरेक दिनजसो नारायणगोपालका गीतहरु गुन्जिरहने भएकोले होला उनि हामीबिचमै छन जस्तो लाग्छ तर उनको निधन भएको पनि ३ दशक नै भैसकेछ । अर्थात आज स्वरसम्राट नारायणगोपालको ३० औं स्मृती दिवस ।

बिगतका हरेक बर्षहरुमा नारायणगोपालको स्मृतिमा नारायणगोपाल संगीत कोषले बिशेष कार्यक्रमको आयोजन गर्ने गर्थ्यो तर कोरोनाको महामारीका कारण यसपाली भने उक्त कार्यक्रमलाई निरन्तरता दिएको छैन ।
कोषले हरेक बर्ष गीत संगीतमा योगदान पुर्याएका स्रस्टाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको थियो भने गत बर्ष उनकै निवासमा ‘गीत–गङ्गा’ भवन समेत शीलान्यास गरेको थियो । विगतका वर्षमा विभिन्न संघसंस्थाले समेत विभिन्न कार्यक्रमको आयोजना गरी आजको दिनलाई विशेष बनाउने गर्थे तर कोरोना महामारीका कारण भव्य कार्यक्रमहरुको आयोजना भने हुन सकेन । सबैजसोले उनलाई सामाजिक सञ्जालबाट नै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुबा आशागोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उहाँ विसं १९९६ असोज १८ गते काठमाडौँमा उनको जन्म भएको थियो । उनको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो ।

एउटा मान्छेको मायाले कति, आँखा छोपी नरोऊ भनी, पर्खी बसेँ आउला भनी, यति धेरै माया दिई, यो सम्झिने मन त, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, म त लालीगुराँस भएछु, ल सुन म भन्छु मेरो रामकहानी, यति चाखो यति मिठो, तिमीलाई म के भनुलगायतका १३७ गीत रेकर्ड भएका छन ।
फोटो : सामाजिक सन्जाल