काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका संशोधनसहित अनुमोदन गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित अनुमोदन गरेको हो ।

बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।

तल्लो अधिवेशन साउन १२ गतेदेखि हुने नयाँ तालिकामा उल्लेख छ ।

सम्बन्धित खबरहरु