गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत लिएका छन् ।

प्रदेशसभामा विश्वासको मत लिने पाेखरेलकाे प्रस्तावकाे पक्षमा ३१ सदस्यले मत दिए । त्यस्तै विपक्षमा २७ मत परेकाे छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा आज ५८ जना सदस्यहरू उपस्थित थिए । राष्ट्रिय जनमाेर्चाका सांसद कृष्णबहादुर थापा पदमुक्त भएका छन् भने सभामुख मतदानमा सहभागी भएनन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनी गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सम्बन्धित खबरहरु