काठमाडौं – नेपालमा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ६९६ पिसिआर परीक्षण गरिएकोमा दुई हजार ४०१ जनाको नतिजा पोजिटिभ आएको हो । ७०१० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६८८ र चार हजार ६८६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार ६७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३६६० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ ।

सम्बन्धित खबरहरु