काठमाडौं – लगातार ३० खेलमा अपराजित इटालीसँग युरो २०२० को समूह ए को अन्तिम खेलमा १-० ले पराजित भए पनि वेल्स समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

आइतबार रोममा भएको खेलको ३९औं मिनेटमा माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको वेल्स ५६औं मिनेटमा १० जना खेलाडीमा सीमित भएको थियो ।

इटालीका फेडेरिको बर्नार्देस्चीमाथि खराब फाउल गरेका वेल्स डिफेन्डर रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि भ्रमणकारी टोली १० जनामा सीमित भएको थियो ।

बाँकी समयमा १० जना खेलेर पनि गोल खानबाट बचेको वेल्सले बराबरी गोल फर्काउन सकेन । जितसँगै ३० खेलमा अपराजित रहेको इटाली समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

यस्तै एक जित, एक हार र एक बराबरी खेलेको वेल्स ४ अंकसहित उपविजेता बन्दै नकआउटमा पुगेको छ । ४ अंकसहित चौथो स्थानमा रहेको स्वीटजरल्यान्डको पनि नकआउटमा पुग्ने सम्भावना बाँकी छ ।

सम्बन्धित खबरहरु