नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी छोडेका नेताहरुलाई कारबाही गरेको छ।

आज विहान बसेको भर्चुअल बैठकले केन्द्रीय सदस्य, प्रदेश सांसद र स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचन जितेर पार्टी परित्याग गरेकालाई कारबाही गरेको हो।

पार्टी छोडेकाहरूलाई कारबाही गरेको पत्र माओवादी केन्द्रले निर्वाचन आयोगमा पठाएको थियो। तर कारबाहीको अनुमोदन र केन्द्रीय समितिको माइन्युट आयोगमा माओवादीले बुझाएको थिएन। केन्द्रीय समितिले अनुमोदन गरेसँगै माओवादी केन्द्रीले विवरण अद्यावधिक गर्न आयोगमा पठाउने छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयीक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए।

सम्बन्धित खबरहरु