काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २४२१ जना कोरोना संक्रमित थपिएका छन्  ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ४ सय ६१ आरटी पिसिआर र ४ हजार ९ सय ५३ एन्टिजेन गरी कुल १२ हजार ४ सय १४ जनामा परीक्षण गरिएकोमा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट ३ हजार ५ सय ५८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ६८ हजार ३ सय ८० पुगेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ८१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको छ ।

सम्बन्धित खबरहरु