कोपा अमेरिका फुटबल प्रतियोगितामा साविक विजेता ब्राजिलले अन्तिम समयमा गोल गर्दै लगातार तेस्रो जित निकालेको छ।

अन्तिम ८ मा स्थान पक्का गरिसकेको ब्राजिलले कोलम्बियामाथि २-१ को रोमाञ्चक जित हात पारेको हो।

बिहीबार विहान सकिएको खेलमा अग्रता भने कोलम्बियाले लिएको थियो। कोलम्बियाका लागि एल डियासले दशौं मिनेटमा गोल गरे।  घरेलु टिम ब्राजिलले ७८ मिनेटमा फिर्मिनोले रेनान लोडीको क्रसमा गोल गरेका थिए।

ब्राजिलले दोस्रो हाफको इन्जुरी टाइमको दशौं मिनेटमा दोस्रो गोल गर्दै रोमाञ्चक जित दर्ता गरायो। ब्राजिलका लागि कासेमिरोले गोल गरे। नेइमारले उपलब्ध गराएको पासमा उनले गोल गरेका हुन्।

समूह ‘बी’ को शीर्ष स्थानमा रहेको ब्राजिलले तीन खेलबाट ९ अंक जोडेको छ। ब्राजिल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेको छ। दोस्रो स्थानको कोलम्बियाले चार खेलबाट ४ अंक बटुलेको छ।

सम्बन्धित खबरहरु