पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन् ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खबरहरु