काठमाडौं – नेकपा (एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले ओली पक्षबाट आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताएका छन् । शनिबार बिपक्षी गठबन्धनले पत्रकारसँग गरेको अन्र्तक्रियामा बरिष्ठ नेता नेपालले यस्तो बताएका हुन्  ।

त्यस्तै उनले विभिन्न प्रलोभन आएपनि कुनै पनि हालतमा गठबन्धनलाई धोका नदिने बताए । उनले सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पनि बताए ।

आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको जिकिर गरे ।

त्यस्तै जनता समाजवादी पार्टी नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ६ गते मार्ग प्रशस्त नभइ, मार्ग अवरुद्ध गरेको आरोप लगाए ।  अन्तरक्रिया कार्यक्रममा  बिपक्षी गठबन्धनका अन्य नेताहरुको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित खबरहरु