केलियन एम्बाप्पे पेनाल्टीमा गोल गर्न चुकेपछि विश्व विजेता फ्रान्स स्विट्जरल्यान्डसँग हार्दै युरोकपको अन्तिम १६ बाट बाहिरिएको छ।
निर्धारित समयको खेल ३–३ को बराबरीमा रोकिएपछि भएको पेनाल्टी सुटआउटमा फ्रान्सलाई ५–४ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयमा फ्रान्सका लागि करिम बेन्जेमाले २ तथा पाउल पोग्बाले एक गोल गरेका थिए। स्विट्जरल्यान्डका हरिस सेफिरोभिचले दुई तथा मारिययो गोभरानोभिचले एक गोल गरेपछि खेला पेनाल्टीमा गएको थियो।
यस क्रममा फ्रान्सका उत्कृष्ट युवा खेलाडी केलियन एम्बाप्पे गोल गर्न चुके। उनको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले रोकेका हुन्। त्यसबाहेक फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरेका थिए।
यता स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गर्दै टोलीको अगाडिको यात्रा तय गराए। अब स्विट्जरल्यान्डले अन्तिम ८ मा स्पेनको सामना गर्नेछ।