नेकपा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय भएको छ। मंलबार बसेको एमालेको स्थायी समिति बैठकले पार्टीलाई माओवादी केन्द्रसँग एकतापूर्वको संचरनामा फर्काउने निर्णय गरेको हो।
मंलबार बसेको एमालेको स्थायी समिति बैठकले पार्टीलाई माओवादी केन्द्रसँग एकतापूर्वको संचरनामा फर्काउने निर्णय गरेको हो।
जसअनुसार बिहीबार २०७५ जेठ २ को केन्द्रीय कमिटीको बैठक राख्ने निर्णबाय भएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
उनका अनुसार आज बुधबार भने एमालेको दसौं महाधिवशेन आयोजक कमिटीको बैठक बस्दै छ। आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने महाधिवशेन आयोजक कमिटीले यसलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने सम्भावना छ।
भोलि बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि बोलाउने एमालेले जनाएको छ।