नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ।  आज बालुवाटारमा बसेको बैठकले  कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।

बैठकले विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएका छन् ।

त्यस्तै विपक्षीले खोप रोक्न प्रयत्न गरे पनि पर्सीदेखि कोभिड-१९ विरुद्धको आवश्यक खोप आइपुग्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिए ।

बैठक शनिबार ३ बजेका लागि फेरि बोलाइएको छ । शुक्रबारको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएन । विहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बसेको हो ।

सम्बन्धित खबरहरु