काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा २२९९ जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा १० हजार ५९६ जनाको पीसीआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९९ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३९१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा ९०८ जना संक्रमित पुष्टि भएका हुन्।

यस्तै पछिल्लो २४ घन्टामा ३४५१ जना कोरोना मुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ।

सम्बन्धित खबरहरु