नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेभन्दा दोब्बर संक्रमित थपिएका छन्।
आज ११३३ जना संक्रमणमुक्त भएका छन् भने २३७० संक्रमित थपिएका छन्। ११ हजार ५८४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
यस्तै आज १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ।
आज काठमाडौं उपत्यकामा ४३३ जनामा संक्रमण देखिएको छ। जसमा काठमाडौं २८९, ललितपुर ९० र भक्तपुर ५४ जना रहेका छन्।