काठमाडौं – नेकपा एमालेको स्थायी कमिठी बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ । यसअघि हिजो सोमबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो ।

यसअघि असार १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय समिति बैठक बस्ने र त्यसले असाधारण निर्णय लिने बताएका थिए ।

आजको बैठकमा माधव पक्षका नेताहरु पनि सहभागी हुने र विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन हुने बताइएको छ । माधव नेपाल पक्षका कार्यदल सदस्य भीम रावलसँगको परामर्शपछि महासचिव पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

हिजोको विपक्षी गठबन्धनमा माधव नेपालले देउवाको निम्तालाई अस्वीकार गर्दै आफ्नो पार्टीको परिस्थिति अलि फरक भएकाले एमालेको संस्थागत निर्णयअनुसार अघि बढ्ने प्रतिक्रिया दिएका थिए । अब एमाले पार्टी मै फर्किने निर्णय गरेको माधव नेपालले बताएका छन्। अब एमालेको सबै बैठकमा नेपाल पक्ष सहभागी हुने नेपालले संकेत  गरेका छन्।

सम्बन्धित खबरहरु