काठमाडौं – चीनबाट भेरोसेल र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन खोप आइपुगे लगत्तै सरकारले असार २९ गते आजबाट खोप अभियान सुरु गरेको छ ।

सोमबार स्वास्थ्यमन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि दुबै खोप लगाउन सुरु गर्ने निर्णय गरेको हो। सरकारको निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकाले लगाउन पाउनेछन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउन पाउनेछन् ।

भेरोसेल ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइने भएको छ ।

जोन्सन एन्ड जोन्सन चाहिँ ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशंक अपांग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मीलाई लगाइने भएको छ ।

खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित खबरहरु