जापान सरकारले नेपाललाई जापानमा बनेको अक्सफोर्ड अस्ट्राजेनेकाको १६ लाख डोज खोप दिने भएको छ।कोभ्याक्सअन्तर्गत नेपाललाई कोभिड खोप दिन लागेको काठमाडौस्थित जापानी दूतावासले जनाएको छ।
जापानी विदेशमन्त्री मोतेगी तोशिमित्सुले नेपाललाई खोप दिने घोषणा गरेका हुन्। सो खोपहरु जुलाई मध्यदेखि अगस्टको अन्त्यसम्ममा नेपाल आइपुग्ने दूतावासले जनाए छ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप दिने निर्णयले लामो समयदेखिको मित्रताको प्रतिबिम्बित भएको बताएका छन्।
‘नेपालका धेरै जनताको जीवन जोगाउनका लागि खोप दिन टोकियोको निर्णयको स्वागत गर्दछु’ राजदूत किकुताले भनेका छन्। जापानले मंगलबार नेपालसहितका एसियाली मुलुकहरुलाई कोभ्याक्सबाट ११ मिलियन डोज दिने जनाएको थियो । सोही हिस्साबाट नेपालले खोप प्राप्त गर्न लागेको हो ।