राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
सपथ ग्रहणको समय आज ६ बजे निर्धारण गरिएको स्रोतले जानकारी दिएको छ ।
गत जेठ ७ गते देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गरेता पनि राष्ट्रपतिले अस्वीकार गरिदिएकी थिइन्। तर, सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्।
देउवाले आज नै सानो मन्त्रि मण्डल बनाउने तयारी गरेका छन्। गठबन्धनसँग छलफल गरेर आज ४ सदस्यीय मन्त्रि मण्डल गठन गर्न लागेका हुन्।