देशभर पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै आज १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २९४ जना, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु