काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। अध्यक्ष ओलीले आज (शुक्रबार) बिहान ११ बजे बैठक बोलाएको एमालेका एक स्थायी कमिटी सदस्यले जानकारी दिए। ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानको सभाकक्षमा बैठक बस्ने भएको छ।

अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाइएको विषयमा सदस्यहरूलाई जानकारी दिएका छन्। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरूलाई पनि बोलाइएको छ।

यसअघि २८ र २९ असारमा पनि स्थायी कमिटी बैठक बोलाइएको थियो। तर, अध्यक्ष ओलीको व्यस्तताका कारण स्थगित गरिएको थियो।

सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि बालुवाटारमा एमाले बैठक बस्ने गरेको थियो ।

बैठकका लागि मूलतः ३ एजेन्डा तय गरिएको उनले जानकारी दिए। कार्यालय सचिव तामाङका अनुसार आजको बैठकमा १० बुँदे सहमति छलफल र अनुमोदन, सर्वाेच्च अदालतको फैसला र संसद्मा पार्टीको भूमिका र केन्द्रीय कमिटी बैठक चाँडै राख्ने निर्णय र त्यसका एजेन्डाबारे छलफल गरिनेछ।

केन्द्रीय कार्यालयमा ठाउँ साँघुरो भएर च्यासलमा बैठक आयोजना गर्न लागिएको उनले बताए । बैठकमा उपस्थित हुन माधव नेपालसहितका सबै नेताहरुलाई खबर गरिएको तामाङले जानकारी दिए ।

यसअघि दश बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरुको सल्लाहमा स्थगित भएको थियो । अध्यक्ष ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको बैठक संघीय संसद्को ल्होत्से हलमा बस्ने भएको छ।

दलको बैठक स्थगित गर्न माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुले आग्रह गरिरहेका बेला अ‍ोलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

सम्बन्धित खबरहरु