सत्तारूढ नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो।
भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भुसालको भनाइ छ । बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भएको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्ने भएको छ ।
आज अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
शुक्रवार देउवा पक्षकै मोहन बस्नेत समर्थकले घिमिरेमाथि कुटपिट गरेका थिए । पदाधिकारी बैठकमा महाधिवेशन तयारीका विषयमा समेत छलफल हुनेछ ।