काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अबको बाटो राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको हुनुपर्ने बताएका छन्।
सामाजिक संजाल ट्विटरमार्फत ट्विट गर्दै थापाले साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त नहुने बताए।
‘साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त हुँदैन। अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘सम्वर्द्धनवाद’ हुनुपर्छ। निरन्तरतासहितको परिवर्तन, बहुलवाद, उदार अर्थतन्त्र, समावेशीता, हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार हो।’, थापाले भनेका छन्।