काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।
रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताए । २००७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्।
एमाले पार्टी भित्र विवाद चुलिएपछि उनले आज राजिनामा दिन लागेका हुन्। एमालेमा केपी ओली र माधव नेपालबीच लामो समयदेखि विवाद रहदै आएको छ। उनी यस विवाद समधान गर्न बसेको कार्यदलमा पनि संयोजकको भूमिकामा थिए। रावल माधव नेपाल पक्ष निकट नेता हुन्।
आइतबार बिहान उनि सहित नेकपा एमाले कार्यदलका सदस्यहरु माधव नेपाललाई भेटेर संस्थागत निर्णय गरेर अघि बढ्न आग्रह गरेका थिए। तर नेता नेपालले रावल संयोजकत्वको कार्यदलको १० बुदेँ सहमति अस्वीकार गरिदिएका थिए।
आज संसदमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेका छन्। माधव नेपाल पक्ष विश्वासको मतका दिने बताएको छ।