काठमाडौँ – एमाले केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकमा अध्यक्ष ओलीको सम्बोधन, विवाद समाधान गर्न गठित कार्यदलको १० बुँदे सहमति प्रस्तावको अनुमोदन, अनुशासनविपरीत काम गर्नेसँग स्पष्टीकरण, प्रदेशमा पार्टी अवस्था, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, ओली नेतृत्वको सरकारको समीक्षा र पार्टीको आगामी भूमिकालगायतका कार्यसूची रहेको छ ।

पार्टीको आगामी भूमिकामा एमालेले पार्टी कमिटीहरुको अधिवेशन, शुद्धिकरण र निर्वाचन तयारीलाई राखेको छ । आइतबारको बैठकमा सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लालगद्दार भएको आरोप लगाएका थिए ।

उनले एमालेमा नेपाललाई कुनै ठाउँ नरहेको समेत घोषणा गरेका थिए ।

सम्बन्धित खबरहरु